इटहरीः नेकपा एमालेको शनिबार भएको वडा अधिवेशनमा सुन्दरहरैँचा नगरपालिकाका सबै वडामा सहमतिमै नयाँ कार्यसमिति चयन भएको छ ।

भर्खरै राजधानीमा सम्पन्न विधान महाधिवेशनलाई पछ्याउँदै एमालेले देशका अधिकांश वडामा अधिवेशन गरेको हो । सोही अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिकाका वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सुन्दरहरैँचा नगरपालिकाका सबै वडामा सर्वसम्मतिमै अधिवेशन सम्पन्न भएको एमाले सुन्दरहरैँचा नगरकमिटीका अध्यक्ष मातृकाप्रसाद ढकालले बताए । सुन्दरहरैँचाका १ देखि १२ नम्बर वडामा सम्पन्न अधिवेशनबाट वडा नम्बर १ मा रुद्र थापाको अध्यक्षतामा समिति गठन भएको छ । त्यसैगरी उपाध्यक्षमा शान्तिकुमारी खवास, सचिवमा प्रकाश न्यौपाने, उपसचिवमा लेखराज श्रेष्ठ र मोहनकुमार ढकाल चयन भएका छन् । त्यस्तै, वडा नम्बर २ को अध्यक्षमा झरीलाल चौधरी उपाध्यक्षमा हरि आचार्य र सचिवमा शेखर निरौला चयन भएका छन् । वडा नम्बर २ को उपसचिवमा भने गोविन्द उराव र तेजु चौलागाईँ चयन भएका छन् ।

247106139_468600491640111_8100713787244828583_n

सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ३ मा शोभितमान पौडेलको अध्यक्षतामा समिति गठन भएको छ । वडा नम्बर ३ को उपाध्यक्षमा सावित्रा पोखरेल, सचिवमा राजेन्द्र कार्की तथा उपसचिवमा सुजन पोखरेल र तेजविनोद ढकाल चयन भएका छन् । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ का नारायण श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको छ । सो वडाको उपाध्यक्षमा माधव ढकाल, सचिवमा केशव बास्तोला र उपसचिवहरु केदारप्रसाद कोइराला र सङ्गीता बिष्ट छन् । त्यसैगरी, नगरको वडा नम्बर ५ मा विशाल गुरागार्इँको अध्यक्षतामा समिति चयन भएको छ । सो वडाको उपाध्यक्षमा चक्रबहादुर गुरुङ छन् भने सचिवमा बिमला घलान (तामाङ) र उपसचिवहरुमा सनम पौडेल र खगेन्द्र ढकाल रहेका छन् । यता नगरपालिका वडा नम्बर ६ मा लक्ष्मीप्रसाद सिग्देलको अध्यक्षतामा समितिले पूर्णता पाएको छ । वडा नम्बर ६ को उपाध्यक्षमा गीता कार्की सचिवमा घनेन्द्र अधिकारी र उपसचिवमा असिम राई र रिता राई छन् । नगरको वडा नम्बर ७ मा खड्गबहादुर श्रेष्ठले अध्यक्षता गर्न पाएका छन् । उनको कार्यसमिति उपाध्यक्षमा लखनाथ प्रसाई छन् भने सचिव र उपसचिवहरुमा क्रमश मनोज दाहाल, विन्दा पराजुली उप्रेती र धिरज राई चयन भएका छन् ।

त्यसैगरी सुन्दरहरैँचाकै वडा नम्बर ८ मा छत्रपति दाहालको अध्यक्षतामा उपाध्यक्ष कुमा लुईंटेल छन् भने सचिवमा महेश अधिकारी र उपसचिवमा राजेश कार्की र अनिल कार्की छन् । सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ९को अध्यक्षमा युवराज पौडेल, उपाध्यक्षमा हिमा पोखरेल अनि सचिवमा चन्द्र कार्की छन् भने उपसचिवहरुमा गणेश कटुवाल र सुमित्रा राउत चयन भएका छन् । सोही नगरपालिकाको वडा नम्बर १० मा भने नेत्रकुमार श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । सो वडाको उपाध्यक्षमा भीमादेवी खतिवडा निरौला, सचिवमा रुद्र घिमिरे (मिलन), र उपसचिवमा सुरेन्द्र कार्की र मिलन राई छन् । उता, वडा नम्बर ११ को अध्यक्षमा हरिकृष्ण कटवाल छन् भने उनको कार्यसमितिको उपाध्यक्षमा पशुपति लम्साल गौतम, सचिवमा यज्ञ निरौला अनि उपसचिवमा दीपनारायण चौधरी (मनोज) र खगेन्द्रबहादुर गिरी चयन भएका छन् । साथै सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ मा खगेन्द्र सेन्दाङको अध्यक्षतामा गठित किमिटीमा उपाध्यक्ष डम्वर बहादुर बस्नेत, सचिवमा कविराज फुयाँल अनि उपसचिवहरुमा आनन्द बस्नेत र कमला मास्के चयन भएका छन् । एमालेको नगर अधिवेशन यही मङ्गलबार हुने कार्यक्रम छ ।