इटहरीः लोकप्रिय गायक अनिल सिंह कार्तिक १२ गते शुक्रबार मोरङ्गको सुन्दरहरैँचा नगरपालिका बलियास्थित गोकर्ण रिसोर्टमा आउने भएका छन् ।
द प्राइड हस्पिटालिटीको आयोजनामा गोकर्ण रिसोर्ट एण्ड फन पार्कमा हुन लागेको पुल पार्टीमा गायक अनिल सिंहसहित स्पर्श ब्याण्ड र विश्वास एण्ड ब्याण्डको समेत प्रस्तुति रहने बताइएको छ । आर्टिस्ट, डिजे सेसन, पुल साइड बारबोका साथमा लाइभ फुड स्टल र ब्याण्डको पर्फमेन्ससमेत रहने आयोजकले बताएको छ ।
गोकर्ण रिसोर्टको व्यवस्थापन द प्राइडले लिएलगत्तै मनोरञ्जनात्मक कार्यक्रममा जोड दिइएको छ । प्राइड हस्पिटालिटीले गत कार्तिक १ गते पनि ब्याण्डको प्रस्तुतिसहित साँँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।