इटहरीः इटहरी लेडिज जेसिजको ‘जेसिज सप्ताह २०२१’ सुरु भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर सप्ताहको शुभारम्भ गरिएको हो ।

जेसिजले समुद्घाटन तथा महिला सशक्तीकरणको लागि स्कुटर ¥याली गर्दै सप्ताहव्यापी कार्यक्रमको समुद्घाटन गरेको हो । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरिक्षक वासुदेव खतिवडाले जेसिज सप्ताहको समुद्घाटन गरेका हुन् । सप्ताहको पहिलो कार्यक्रमको रुपमा आयोजना गरिएको स्कुटर ¥याली इटहरी उपमाहानगरको प्राङ्गणबाट इटहरीको गोलचौक हुँदै तरहरा चौकबाट पुनः उपमाहानगर प्राङ्गणमा आएर सकिएको थियो ।

एक हप्तासम्म सञ्चालन हुने जेसिज सप्ताहमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरिने जेसिज सप्ताह कार्यक्रमको संयोजक एवम् इटहरी लेडी जेसिजकी कार्यकारीणी उपाध्यक्ष जेसी सुमिता कार्कीले जानकारी दिइन् । यस्तै कात्तिक १० गते महिलाहरुलाई माला बनाउने तालिमको आयोजना गरिने उनले जानकारी दिइन् । यसैगरी कात्तिक १२ गते वृहत स्वास्थ्य शिविर र कात्तिक १३ गते वक्तृत्वकला प्रतियोगिता तथा जेसिज सप्ताहको समापन समारोहको आयोजना गरिने उनले जानकारी दिइन् ।