इटहरीः नेपाल कम्युनिस्ट पार्टी एमालेको सुनसरी जिल्ला कमिटीमा आधिकारिकता विवाद बाहिरिएको छ ।

कार्तिक २ गते पार्टीको सुनसरी जिल्ला कमिटीको बैठक बसेको भन्दै पार्टी अध्यक्षको नामबाट रेवतिरमण भण्डारीले विज्ञप्ति जारी गरेपछि कार्तिक ३ गते रमेशकुमार बस्नेत अध्यक्ष भनिएको अर्को बैठक बसेर आफूहरु आधिकारीक भएको भन्दै रेवतिरमण भण्डारीको नेतृत्वमा बसेको बैठकको खण्डन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले २०७५ जेष्ठ २ पूर्वको अवस्थामा सुनसरी जिल्ला इन्चार्ज धर्म निरौला र रमेश बस्नेतले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्तिक २ गते रेवतिरमण भण्डारीले अध्यक्षको हैसियतमा निकालेको विज्ञप्ति झुटो भएको बताएका छन् । एमाले जिल्ला कमिटी सचिवालय बैठकको निर्णय भन्दै भण्डारीले एक विज्ञप्ति जारी गरी हालै देहावसान भएका पार्टीका अग्रज नेता ओम कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुका साथै पार्टीको वडास्तरीय अधिवेशनको तयारीबारे छलफल र हालै आएको भारी वर्षा र बाढीप्रति दुःख व्यक्त गर्दै सम्पन्न भएको थियो । यता, अर्को विज्ञप्ति जारी गर्दै रमेश बस्नेत र धर्म निरौलाले आफूहरु पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदित र आधिकारिक भएको भन्दै रेवतिरमण भण्डारीले जारी गरेको विज्ञप्ति अनाधिकृत र झुटो साथै भ्रामक भएको बताएका छन् । 

247378276_1047254539361498_8884305404926568912_n

रमेश बस्नेत अध्यक्ष भनिएको विज्ञप्तिले आगामी कार्तिक ६ गते हुने भनिएको वडा अधिवेशन र ९ गते हुने भनिएको पालिका अधिवेशनमा २०७५ जेष्ठ २ गते कायम रहेको कमिटीको सहमतिमा मात्र सम्पन्न गर्ने भनेको छ । केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्जमा धर्मराज निरौला र अध्यक्षमा रमेशकुमार बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा अनाधिकृत व्यक्ति र कमिटीको बहकाउमा नलागी पार्टीको केन्द्रीय कमिटीको निर्णयलाई मात्र विश्वास गर्न भनिएको छ । फेरि, नेकपा एमाले सुनसरीको प्रचारप्रसार विभाग प्रमुख रवि खनालले अर्को विज्ञप्ति जारी गर्दै नेकपा एमालेको सुनसरी जिल्ला कमिटी रेवती रमण भण्डारीकै अध्यक्षतामा रहेको दाबी गर्दै रमेशकुमार बस्नेत र धर्म निरौलाले जारी गरेको विज्ञप्तिको खण्डन गरेका छन् ।

rrb

 दुवै पक्षले विज्ञप्तिमा अर्काे पक्षले जारी गरेका विज्ञप्तिलाई झुठा र भ्रामकको संज्ञा दिएका छन् । रवि खनालद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टी केन्द्रीय कमिटीको २०७८ भाद्र ८ गतेको स्थायी कमिटीको बैठक र १० गतेको केन्द्रीय कमिटीको बैठकका साथै भाद्र १३ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको अन्तरपार्टी निर्देशन १२ मा २०७५ जेष्ठ २ गतेको अवस्थामा सम्पूर्ण कमिटी र जिम्मेवारी जस्ताको तस्तै कार्यान्वयन गर्नू गराउनू भनी कहिँकतै निर्देशन नभएको हँुदा रेवतिरमण भण्डारीको नेतृत्व नै आधिकारिक भएको बताइएको छ । पार्टी नेतृत्व र जिम्मेवारीमा विवाद भएपनि दुवै पक्षले भोलि हुने भनिएको वडा अधिवेशन र ९ गते हुने भनिएको नगर अधिवेशन सफल पार्न भने आव्हान गरेका छन् ।

248170013_1287174595040472_5954020713715076833_n