इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय आगामी आइतबार बन्द हुने भएको छ ।

कार्यालयमा कार्यरत हलुका सवारी चालक पुष्पलाल चौधरीको आज निधन भएपछि उनको निधनमा शोक व्यक्त गर्दै आइतबार एक दिनका लागि कार्यालय बिदा गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । उपमहानगरपालिकाको कार्यालयका साथ मातहतका सबै २० ओटा वडा कार्यालयहरुमा समेत आइतबार शोक बिदा दिइने उपमहानगरपालिकाले जनाएको छ ।

shok bida itahari.