इटहरीः झापाका दुई स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
हिजो बिहान साढे ८ः३० बजे झापाको दमक नगरपालिका– १ स्थित भित्री पक्की सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको मे१ज१३६४ न को बलेरो गाडीको छतबाट खसेर मिलन सुब्बाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पाँचथरको मिक्लाजिङ गाउँपालिका– २ घर भएका २७ वर्षीय सुब्बा छतमा सामान मिलाउने क्रममा छतबाट झरेर गम्भीर घाइते भएकोमा उनलाई उपचारार्थ लाईफलाईन अस्पताल दमक पठाइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी तिम्सिनाको भनाइ छ । यसैगरी, झापाकै भद्रपुर नगरपालिका– ४ स्थित भित्री पक्की सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६६३ नम्बरको कलो ट्रकले विपरीत दिशाबाट साइकलमा सवार भई आँउदै गरेका ६० वर्षीय महेशसिंह राजवंशीलाई ठक्कर दिई घाइते बनाएको थियो । उनलाई गम्भीर अवस्थामा उपचारार्थ ओमसाई अस्पताल भद्रपुर पठाइएकोमा उपचारका क्रममा उनको पनिख मृत्यु भएको डीएसपी तिम्सिनाले बताए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।