इटहरीः नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आज माल्दिभ्समा भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसँग एक एक गोलको बराबरी गरेको नेपाल अङ्क तालिकाको आधारमा फाइनलमा प्रवेश गर्न सफल भएको हो । सन् १९९३ देखि जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा यसअघि कहिल्यै पुग्न नसकेको नेपालले ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपाल पहिलो सँस्करणमा तेस्रो स्थानबाट घर फर्किएको थियो भने सन् २०१८ मा सेमिफाइनलसम्म पुगेर बाहिरिएको थियो । माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा भएको प्रतिस्पर्धाको सुरुवाति चरणमा नेपाल एक गोलले पछाडि परेको थियो । खेलको नवौँ मिनेटमै बङ्लादेशी खेलाडी सुमन रेजाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

जवाफी गोल गर्ने नेपालको प्रयास पहिलो हाफसम्म असफल रह्यो । खेलको ८२औं टिनिङ प्वाइन्ट रह्यो । वान भर्सेस वानमा रहेका नेपाली खेलाडीले फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए । एक खेलाडी गुमाएको बङ्लादेशी टोलीले खेलका क्रममा नेपाली खेलाडी अञ्जन बिष्ट लडेपछि नेपाली टिमले पाएको पेनाल्टीको सदुपयोग गर्दै नेपाल खेललाई एक एक गोलको बराबरीमा ल्याउन सफल भयो, यही नै नेपालको फाइनल यात्राको निर्णायक गोल साबित भयो । आजको खेलपछि बङ्लादेश समूह चरणबाटै घर फर्किको छ भने नेपाल सात अङ्क जोड्दै फाइनलमा पुगेको छ । फाइनलमा नेपाली टोलीको भिडन्त भारत वा माल्दिभ्समध्ये कुनै एक टिमसँग हुनेछ । समूह चरणको अन्तिम प्रतिस्पर्धामा भारत र माल्दिभ्स भिडेपछि जित्ने टोलीसँग मैदानमा नेपालको भेट हुनेछ ।

cm shubhakamana.