इनरुवाः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सुनसरी जिल्ला कमिटी गठन भएको छ ।

सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी गठन गरिएको हो । नवगठित कमिटीको अध्यक्ष गोविन्द निरौला, उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी, उपसचिव राजेश भण्डारी रहेका छन् । नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सिनाले सुनसरी जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउपालिकाबाट प्रतिनिधित्व रहने गरि कुल १ सय ७५ सदस्य कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको बताए । केन्द्रिय सदस्य तिम्सिनाले विगतमा नेकपा एमाले रहदा नेतृत्वलाई देवत्करण गरी आफ्ना आसेपासेलाई मात्र जिम्मेवारी दिने प्रवृत्तिको अन्त्य गर्दै विद्रोह गरी नेकपा एसमा आवद्ध भएका नेता कार्यकर्ताहरुलाई जिल्ला कमिटीमा समावेसी समानुपातिक सहभागिता सुनिश्चित गरिएको बताए ।

कार्यक्रममा नेकपा एसका उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज धनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रीय सदस्य केशव विष्ट, समाजवादी प्रेस संगठनका केन्द्रीय सहसंयोजक विश्वमणि सुवेदी, समाजवादी प्रेस संगठनका राजकुमार कार्की, केन्द्रीय सदस्य आन्नद श्रेष्ठ, शशी कोइराला, पिवी दियाली, नेपाल पत्रकार महासंधका सुनसरी सहसचिव भोला श्रेष्ठ, नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दङ्वा, दुर्गा बुढाथोकी, ब्रह्मदेव यादव, कुशेश्वर खेरवारलगायतको सहभागिता रहेको थियो । नेकपा एसको भेलामा अधिकाशं एमालेमा रहेर स्थानीय निकायमा निर्वाचित भएका पूर्वगाविस अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, प्रदेश, जिल्ला, गाउँ तथा नगरका पदाधिकारी तथा सदस्य नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रममा प्रेस सेन्टरका मुस्ताक आलमले सो संगठन परित्याग गरी समाजवादी प्रेस संगठनमा प्रवेश गरेका छन् ।