इटहरीः नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले घोषणा गरेको लाभांश प्रस्तावमा रास्ट्र बैंकले अब्जेक्सन गरेपछि अब निफ्राका शेयर धनीले बोनस सेयर पाउने भएका छन् ।

नेपाल पूर्वधार विकास बैंक निफ्राले पहिले ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको भएपनि अब त्यो प्रस्ताव संशोधन हुने भएको छ । बैंकले नगद लाभांश दिने निर्णय गरेपनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले अब लाभांश ८ प्रतिशत नै दिनेछ छ, तर नगदमा होइन बोनसमा । बोनस शेयर दिँदा बैंकको पूँजीसमेत बढ्ने भएकाले राष्ट्र बैंकले परिमार्जन गर्न भनेको हो । हाल बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । एक अर्ब ६० करोड बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड पुग्नेछ ।