इटहरीः मोरङको सुनवर्षी नगरपालिका ९ डायनिया बस्ने श्यामप्रसाद सिंहका ३ वर्षीय छोरा अजित सिंहको पोखरीमा डुबी मृत्यु भएको छ ।

हिजो अपराहन्न १२ः४५ बजे आफ्नै आमासँग पोखरीमा गएका बालक आमाले लुगा धोइरहेको ठाउँमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाइते भएका थिए । उनको रंगेली अस्पतालमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घटनाको बारेमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ ।