इटहरीः गत शुक्रबार रतुवामाई नगरपालिकाले नगरको प्रशासकीय भवन शिलान्याससँगै गरेकोे सार्वजनिक सुनुवाइको नेकपा एमालेले विरोध गरेको छ ।

भवन शिलान्यासपछि आफ्नो मन्तव्य सकेर उपमेयर दयन्तादेवी चुडाल आफू सार्वजनिक सुनुवाइमा सहभागी नहुने भन्दै कार्यक्रमबाट बाहिरिएकी थिइन् । त्यसअघि नै उनको पार्टी नेकपा एमालेले सार्वजनिक सुनुवाइ बहिष्कार गर्ने घोषणा गरिसकेको थियो । नगर कार्यपालिकाको बैठकमा छलफल नै नगरी बिनासूचना सुनुवाइको प्रपञ्च गरिएको आरोप लगाउँदै एमालेले बहिष्कारको घोषणा गरेको हो । महालेखापरीक्षकको कार्यालयद्वारा प्रकाशित आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ का दुईवटा वार्षिक प्रतिवेदनका विषयमा एमाले र उसका जनवर्गीय संगठनहरुले प्रश्न उठाउँदै सार्वजनिक सुनुवाइको माग गरेका थिए । नेकपा एमाले रतुवामाई नगर कमिटीले सँधै न्याय र सत्यको पक्षमा न्यायिक ढङ्गले लडिरहने बताउँदै शनिबार पत्रकार सम्मेलनमार्फत् आफ्ना धारणाहरु सार्वजानिक गरेको छ ।yuba

पत्रकार सम्मेलनमा नगरप्रमुुख एकलौटी र मनोमानी ढङ्गले चलेको एमालेका नेताहरुले आरोप लगाए । उनीहरुले सुखी नेपाली समृद्ध नेपालको मूल मन्त्र बोकेर आफ्नो स्थानीय नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध रतुवामाई बनाउनका साथै जनताका आवाजलाई बुलन्द गर्दै भ्रष्टचारमुक्त रतुवामाईको परिकल्पनामा अडिग भएर ठिङ्ग पहाडजस्तै उभिन तयार रहेको पत्रकार सम्मेलनमा जनाएका छन् । राष्ट्रिय युवा संघ नेपालले महालेखापरीक्षकको प्रतिवेदनमाथि टिप्पणी गर्दै गत भदौ २८ गते रतुवामाई नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएको र सार्वजनिक सुनुवाइको माग गर्दै आफ्ना आवाज बुलन्द गरेको भएतापनि नगरप्रमुख रबिन राईले कार्यपालिकाको निर्णयबिना एकलौटी सार्वजनिक सुनुवाइ गरेको एमालेका नेताहरूले बताए । रतुवामाई नगरपालिकाले असोज २१ गते राति ७ः३० बजे सामाजिक सञ्जालको माध्यमबाट सूचना गरेर २२ गते नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्ने कार्यक्रम राखी सार्वजनिक सुनुवाइलाई समेत गोलमटोल गरी कार्यक्रम तय गरेको उनीहरुको भनाइ छ ।

upa

त्यस्तै, राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगर कमिटीले पनि नगरप्रमुख राईलाई सच्चिएर अघि बढ्न आग्रह गरेको छ । युवा संघले प्रेस विज्ञप्तिमार्फत् नेपालको राजनैतिक वृत्तमा विकृति विसंगति , अनियमितता र भ्रष्टाचारको विषयमा विद्रोहका स्वरहरु बुलन्द गर्दै अन्यायको विरुद्धमा आन्देलनको ज्वारभाटा उत्पन्न गर्न तत्पर रहेको जनाएको छ । महालेखापरीक्षकले आर्थिक वर्ष ०७५÷०७६ र ०७६÷०७७ को बेरुजुु सार्वजनिक गरेपश्चात् यस पालिका भित्रका आर्थिक अनियमितता , भ्रष्टाचार, बेथिति, कुशासन लगायतका अपारदर्शिताका प्रचुर गन्ध देखा परेको युवा संघका नेताहरुले बताएका छन् । नगर उपप्रमुख चुुडालले उपयुुक्त समय मिलाएर सबैको सल्लाहअनुसार सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न नगरप्रमुखसँग आग्रह गरेकी छन् । उनले सार्वजनिक सुनुवाइको कार्यक्रम आफूूलाई समेत थाहा नदिई गर्नु कहाँसम्मको लाचारीपन हो ? भनी टिप्पणी गरेकी छन् ।

त्यसैगरी, ८ नं वडाध्यक्ष गोपी चापागाईले प्रकृयामा नगरप्रमुख जान नखोजेको भन्दै सार्वजनिक सुनुवाइ नगरेर रतुवामाईवासीबाट भागिरहेको बताएका छन् । उनले नगरमा बनाइएका नीति तथा कार्यक्रम अनुुसार खर्च नभएको र केमा कति खर्च भयो भन्ने कुरा कार्यपालिका सदस्यहरुलाई समेत जानकारी नदिएकोमा रोस प्रकट गरेका छन् । उनले रित नपु¥याई काम गर्ने गरेकोे, एकल निर्णयबाट खर्च गर्ने गरेको, कार्यपालिकालाई बेवास्ता गरिएको, मैले जे गरे पनि ठीक हुन्छ भन्ने सोचले नगरप्रमुुख राई अगाडि बढेकोले नगरमा अपारदर्शिता प्रमाणित भएको बताएका छन् । त्यस्तै एमालेका जिल्ला सदस्य दुुर्गा बिष्टले नगरपालिकामा करोडौँ रुपैयाँको बेरुजु किन भयो भन्दै पचासभन्दा बढी सुुझाव महालेखाले दिनुको कारण नगरप्रमुख राईले जनतालाई प्रष्ट पार्नुु पर्ने बताए । कार्यक्रममा स्थानीय युवा नारायण ताजपुुरियाले थिति र विधिअनुुसार नचलेका कारण रतुवामाईमा शौचालय काण्ड, हस्पिटलमा आर्थिक चलखेल लगायतका कामहरु हुने गरेको बताए ।

Uml ratuwamai