इटहरीः नेकपा एमालेका अग्रज नेता इटहरी २ हवाइ चौक निवासी ओम कोइरालाको नागरिक अभिनन्दन गरिएको छ ।

नेता कोइरालाको निःस्वार्थ राजनीतिक यात्राको कदर गर्दै डेढ वर्षअघि नै नागरिक समाज इटहरीको अगुवाइमा नागरिक अभिनन्दनको कार्यक्रम तय भएतापनि कोरोना महामारीका कारण सफल हुन सकेको थिएन । सोही कार्यक्रमलाई आज नेकपा एमालेका संघीय नेता सुवासचन्द्र नेम्वाङको ओलीको उपस्थितिमा मुर्त रुप दिइएको हो । उक्त अवसरमा नेता कोइरालाद्वारा लिखित तीन ओटा पुस्तकहरुसमेत लोकार्पण गरिएको नेकपा एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाले जानकारी दिए । कोइरालाको अभिनन्दन इटहरी २ को हवाइ चौकस्थित उनकै निवासमा भएको हो ।

न्याय र समानताका पक्षधर, संघर्ष र संकल्पका पर्याय तथा रुपान्तरण र सम्भावनाको अन्वेषकका रुपमा चित्रित गर्दै नेता कोइरालालाई अभिन्दनपत्रसहित अभिनन्दन गरिएको हो । अभिनन्दनपत्रमा नेता कोइरालालाई माक्सवादी जीवनचेतनालाई आत्मसात गरी विश्व समुदायलाई नयाँ रुप, नयाँ ढङ्ग र नयाँ मोड दिनका लागि संघर्षमय क्रान्तिपथमा संलग्न एक अथक यात्रीका रुपम दर्शाइएको छ । नेता नेम्वाङको प्रमुख आतिथ्यमा सम्पन्न अभिनन्दन कार्यक्रममा नेकपा एमले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बालगायतका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणको उपस्थिति थियो ।

om1