इटहरी: महिला सेवाग्राहीलाई कार्यकक्षमै दुव्र्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीविरुद्ध कारबाही माग्दै सुनसरीका महिला अधिकारवादीहरुले आज नेकपा एमालेका संघीय अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
पार्टीका स्थानीय अग्रज नेता ओम कोइरालाको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन आज इटहरी आएका पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङमार्फत् अधिकारकर्मीहरुले अध्यक्ष ओलीलाई ज्ञापनपत्र पठाएका हुन् । अधिकारकर्मीहरुले अध्यक्ष ओलीलाई पठाएको पत्रमा मेयर चौधरीले दुई महिला सेवाग्राहीहरुउपर दुव्र्यवहार गरेको विषयमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै कारबाहीका लागि अनुरोध गर्नुका बावजुद हालसम्म उनीउपर कुनै कारबाही नभएकाले पार्टी विधानअनुसार मेयर चौधरीउपर हदैसम्मको कारबाही गर्न माग गरिएको छ । साथै, मेयर चौधरीले यसअघि पनि विभिन्न समयमा सार्वजनिक रुपमै महिला वर्गमाथि लक्षित गर्दै अपमानजनक अभिव्यक्तिहरु दिँद आएको तथा पत्रकारहरुमाथि समेत मेयर चौधरीले समाचार लेखेकै आधारमा दुव्र्यवहार गर्ने तथा धम्की दिने कार्य गर्दै आएको स्मरण गराइएको छ । जनप्रतिनिधिजस्तो गरिमामय पदमा आसिन व्यक्तिले आपराधिक एवं असामाजिक चरित्र प्रदर्शन गरेको आरोपसमेत पत्रमा लगाइएको छ ।
गत भदौ ३० गते दिउँसो ३ः३० बजे सिफारिसमा मेयरको तोक लगाउन लगाउनका लागि पुगेका इटहरी ४ घर भएकी सीता शेर्पा राई र उर्मिला भट्टराईलाई कार्यालयमा प्रवेश गर्नासाथ मेयर चौधरीले अश्लिल गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै दुवै महिला सेवाग्राहीलाई नगर प्रहरी लगाई धम्कीसमेत दिएको घटना सार्वजनिक भएपछि सोको भोलिपल्ट महिला सहयोगी समूह, प्रोत्साहन नेपाल, महिला पुनःस्थापना केन्द्र ९ओरेक०, जागृति महिला महासंघ लगायतका १२ ओटा महिला अधिकारवादी संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए ।
साथै उनीहरुले महिलामाथि अपशब्द प्रयोग गर्ने व्यक्तिउपर सम्बन्धित निकायबाट कडा कारबाही हुनुपर्ने तथा मेयर चौधरीले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीलाई बुझाएका थिए । तर सो ज्ञापनपत्र मेयर चौधरीले नहेरेपछि निरन्तर सडक आन्दोलन गर्दै आएका अधिकारकर्मीहरु पछिल्लो पटक मेयर चौधरीलाई कोरोना संक्रमण भएसँगै उनी निको भएर फर्किएपछि वार्ता गर्ने सहमतिपछि शान्त भएका छन् ।
यस्तो छ ज्ञापनपत्रको पूर्णपाठः
श्री अध्यक्षज्यू
नेकपा एमाले मितिः २०७८ असोज २३
केन्द्रीय कार्यालय
काठामाडौँ, नेपाल
विषयः महिलामाथि दुव्र्यवहार गर्ने मेयरउपर हदैसम्मको कारबाही गरीपाउँ भन्नेबारे
महोदय,
उपर्युक्त विषयका रोहमा सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले उपमहानगरपालिकाको कार्यालयबाट प्राप्त हुने सेवा लिने प्रयोजनका लागि मेयरको कार्यकक्षमा पुगेका सोही उपमहानगरपालिका वडा नम्बर ४ घर भएका महिला सेवाग्राहीद्वय सीता शेर्पा राई र शर्मिला भट्टराईलाई मिति २०७८ भदौ ३० गते दिउँसो ३ः३० बजे अश्लिल गालीगलौज तथा अपमानजनक व्यवहार गरी कार्यालयबाट दिनुपर्ने सरकारी सेवासमेत नदिई नगर प्रहरीको बलमा धम्कीपूर्वक जबर्जस्ति कार्यकक्षबाट निष्कासन गरेकोमा सोको विरुद्ध विभिन्न महिला अधिकारवादी संघसंस्थाले संयुक्त रुपमा विभिन्न नियमनकारी निकायमा उजुरी गर्दासमेत दोषी मेयर चौधरीउपर कुनै कारबाही नभएको अवस्था छ । इलाका प्रहरी कार्यालय इटहरीमा मेयर चौधरीविरुद्ध उजुरी दर्ता गराउन हिजो महिला अधिकारकर्मीको टोली पुगेकोमा मुद्दा अधिकृत बाहिर रहेको बहानामा त्यस कार्यालयमा तैनाथ प्रहरी निरीक्षक गणेश भट्टराईले उजुरी लिन इन्कार गरेको र उपमहानगरपालिका परिसरमा अधिकारकर्मीको टोली प्रवेश गर्न खोज्दा प्रहरीले प्रवेशमा रोक लगाउने गरेको घटनाबाट स्थानीय प्रहरी मेयर चौधरीलाई कारबाही हुन नदिने षड्यन्त्रमा लागेको प्रष्ट हुन्छ । मेयर चौधरीले
] यसअघि पनि पटकपटक महिलाविरुद्ध अपमानजनक टिप्पणी गर्नुका साथै सार्वजनिक मञ्चमै ‘रण्डी जिन्दावाद’ भन्ने नारासमेत लगाएकाले मेयर चौधरी समग्र महिला वर्गकै विरुद्ध विषबमन गर्दै हिँडेको प्रष्ट हुन्छ ।
मेयर चौधरीको स्वेच्छाचारिता यतिमा मात्र सीमित छैन । उनी पटकपटक पत्रकारमाथि अभद्र व्यवहार गर्ने, पत्रकारलाई धम्की दिनेजस्ता गैरकानूनी गतिविधिमा समेत संलग्न रही पहुँच र प्रभावका आधारमा सजायबाट उन्मुक्ति पाउँदै आएका व्यक्ति हुन् । उनले उपमहानगरपालिकामा सीएफएल चिम खरिदमा भएको भ्रष्टाचार उजार गर्दै समाचार लेखेकै कारणले पत्रकार विराट अनुपमलाई तिम्रो नाकको डाँडी भाँच्न एक करोड रुपैयाँ छुट्याएको छु भन्दै धम्की दिएका थिए । यसका साथै पत्रकार कृष्ण बहाव भट्टराईले सोधेको प्रश्नको सामना गर्न नसकेका मेयर चौधरीले उनलाई प्रश्न सोधेकै आधारमा सार्वजनिक स्थानमा लोपरेका थिए । जनप्रतिनिधिजस्तो गरिमामय सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिले आपराधिक एवं असामाजिक चरित्र प्रदर्शन गर्दासमेत कुनै पनि निकायले हालसम्म कारबाहीका लागि पहल नगरेकाले दोषी मेयर चौधरीउपर पार्टी विधान अनुसार हदैसम्मको कारबाही तथा सम्पूर्ण महिला वर्गको प्रतिष्ठाको संरक्षणको व्यवस्थाका लागि पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
निवेदकः
१. सीता शेर्पा राई, इटहरी ४, मोबाइल नम्बर ः ९८१३७७९५९०
२. शर्मिला भट्टराई, इटहरी ४, मोबाइल नम्बर ः ९८१०४८३६५३
३. अध्यक्ष, कमला खड्का, महिला सञ्जाल इटहरी
४. अध्यक्ष, सुशीला उप्रेती, महिला आधारशीला सुनसरी मोबाइल नम्बर ः ९८४२०८००५७
५. अध्यक्ष, योशा गुरागाईँ, प्रोत्साहन नेपाल, मोबाइल नम्बर ः ९८५२०५७१८०
६. अध्यक्ष, निविना मिया, महिला सहयोगी समूह, इटहरी
७. अध्यक्ष, देवनारायण चौधरी, यौनिक अल्पसंख्यकहरुको महासंघ नेपाल
८. दीगो सामाजिक विकासका लागि मित्रता
९. अध्यक्ष, उर्मिला कट्वाल, नारी चेतना समाज नेपाल, मोबाइल नम्बर ः ९८५२०५८७११
१०. योसान, इटहरी
११. महिलाका निम्ति महिला मञ्च, इटहरी
१२. अध्यक्ष, शान्ति गजमेर, साथी फाउन्डेसन
१३. अध्यक्ष, रमेश भट्टराई, मानव अधिकार रक्षक सञ्जाल
१४. अध्यक्ष, मञ्जु कार्की, श्रमिक महिला मञ्च
इति सम्वत् २०७८ असोज २३ गते रोज ७ शुभम् ।