केराबारीः मोरङगको केराबारीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितिको निधनपछि आश्रित परिवारलाई घरघरमा गएर शनिबार ७८ लाख ७५ हजार बराबरको बीमालाभ भुक्तानी गरेको छ ।
विभिन्न समयमा बीमा सुरु गरी मृत्यु भएका चारको आश्रित परिवारलाई मृत्युदावी बापत ७३ लाख ७५ हजार १ सय ६७ रुपैया र घातक रोग लागेका एकजना बीमितलाई उपचार खर्च ५ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । कम्पनीमा ०७७ मंसिर ३० गते ५० लाखको बीमा गरेका केराबारी ३ का राजु देवानको ८ महिनापछि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएपछि देवानको श्रीमति गंगामाया लिम्बूलाई कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले ५१ लाख ८६ हजार ६सय ६७ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । देवानले १५ वर्षे अवधिको बीमा गरी ४ लाख ६६ हजार रुपैयाँ प्रिमियम जम्मा गरेका थिए । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका केराबारी १० का समाजसेवी राजनीतिककर्मी चुरानसिंक विककी श्रीमतिलाई पनि मृत्यु दावी अन्र्तगतको बीमालाभ भुक्तानी गरिएको छ । ६ वर्षअघि ५ लाखको बीमा गरी वार्षिक ४३ हजार २सय २८ रुपैयाँ प्रिमियम बुझाउदै आएका विकको मृत्युपछि उनकी श्रीमति अम्बिका बराइलीलाई बीमांक र ६ वर्षको बोनससहित ६ लाख ८८ हजार ५सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, केराबारी १० का बीमिति हस्तवहादुर मगर(सनम) को श्रीमति कविता मगरलाई १ लाख रुपैयाँको चेक हस्तान्रण गरेको छ । बीमित श्रायन मगरको बुबा हस्तबहादुर मगरले कम्पनीमा बालअमृत बीमालेखअन्र्तगत १ लाखको बीमा गरी वार्षिक ७६८४ का दरले ५ वर्षको किस्ता बुझाएका थिए । उनको निधनपछि बीमा पोलिसीको नियमानुसार बीमांक एक लाख रुपैयाँ प्रदान गरेका हुन् । अब उनको बीमाको किस्ता तिर्नु नपर्ने र बीमा अवधिपछि पुन लगभग २ लाख प्रदान गरिने पत्रसमेत हस्तान्तरण गरिएको छ । यसैबीच, वैदेशिक रोजगारीका क्रममा निधन भएका बेलबारी ८ भाउन्नेका बीमित रञ्जित सूब्बा लिम्बूकी श्रीमति बबि सूब्बा लिम्बूलाई पनि १४ लाख रुपैयाको चेक प्रदान गरिएको छ । कम्पनीले केराबारीमा पहिलो पटक घातक रोग उपचार खर्च पनि प्रदान गरेको छ । एक वर्षअघि ५ लाखको बीमा गरेका केराबारी १० का बीमित हर्कमाया मगरलाई मुटुरोग लागेकाले उपचार खर्च बापत ५ लाख रुपैयाँ प्रदान गरिएको हो । चेकहरु प्रदान गर्न कम्पनीका प्रदेश नं १ का प्रमुख नरेन्द्र राई, इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पेसागत बीमा अभिकर्ता संघका अध्यक्ष किसन शाही लगायतका अभिकर्ताहरु घरघरमा पुगेका थिए ।