इटहरीः झापाको अर्जुनधारा नगरपालिका–२ झलेनीमा शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मे ४ प २८१५ नम्बरको मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय निरज तामाङ रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक तामाङको घटनास्थलमै ज्यान गएको उनले उल्लेख गरे । प्रारम्भिक अनुसन्धानबाट तिव्र गतिका कारण दुर्घटना भएको देखिएको जनाउँदै प्रहरीले चालकसँग सवारीचालक अनुमतिपत्रसमेत नभएको जनाएको छ ।