इटहरीः संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि इटहरी आउने भएका छन् ।

पार्टीको इटहरी नगर कमिटिको आयोजनामा हुने सुनसरी जिल्लाभरका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली इटहरी आउने कार्यक्रम तय भएको नेकपा एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाले जानकारी दिए । उनका अनुसार पार्टीको भर्खरै सम्पन्न पार्टीको विधान महाधिवेशनपछि ओलीको यो नै पहिलो सम्बोधन हो । इटहरीको जनता उच्च मा.वि. को मैदानमा आयोजना हुने कार्यक्रमको तयारीका लागि विभिन्न उपसमितिहरु कृयाशील रहेको नगर अध्यक्ष सुब्बाको भनाइ छ । कार्यक्रमलाई सफल पार्न वडावडाबाट कार्यकर्ता परिचालन गरिएको उनले उल्लेख गरे । अध्यक्ष ओलीले भोलि मध्यान्न १२ः०० बजे भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

om koirala

त्यसअघि अध्यक्ष ओली पार्टीका स्थानीय अग्रज नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन् । नेता कोइरालाको निःस्वार्थ राजनीतिक यात्राको कदर गर्दै डेढ वर्षअघि नै नागरिक समाज इटहरीको अगुवाइमा नागरिक अभिनन्दनको कार्यक्रम तय भएतापनि कोरोना महामारीका कारण सफल हुन सकेको थिएन । सोही कार्यक्रमलाई भोलि अध्यक्ष ओलीको उपस्थितिमा मुर्त रुप दिने तयारी गरिएको नगर अध्यक्ष सुब्बाले जानकारी दिए । उक्त अवसरमा नेता कोइरालाद्वारा लिखित तीन ओटा पुस्तकहरुसमेत लोकार्पण गरिने कार्यक्रम रहेको छ । कोइरालाको अभिनन्दन इटहरी २ को हवाइ चौकस्थित उनकै निवासमा हुनेछ ।

244570228_4348249841926854_1152465239803065086_n 244544171_598627614509220_1316389713057780485_n