इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा सञ्चालित होटल इन टुरिस्ट प्यालेसले सवारी चालकहरुलाई लक्षित गरी आजबाट सुरु भएको बडादसैँ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

हिन्दू धर्मावलम्बीहरुको महान पर्वका रुपमा मनाइने बडादसैँ पर्वका अवसरमा सवारी चालकहरुको सेवाको कदर गर्दै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको होटलका सञ्चालक जीवन पराजुलीले जानकारी दिए । उनका अनुसार समाजलाई महत्वपूर्ण योगदानका बावजुद प्रायः उपेक्षित भइरहने सवारी चालकहरुको स्वाभिमानको कदर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी सम्मान प्रकट गरिएको हो । कार्यक्रमका अवसरमा उपस्थित विभिन्न प्रकारका सवारी चलाउने सवारी चालकहरुलाई सम्मानपूर्वक भोजनको व्यवस्थाका साथै होटल इन टुरिस्ट प्यालेसको भ्रमण गराइएको सञ्चालक पराजुलीले उल्लेख गरे ।

IMG_7334

होटलका अर्का सञ्चालक मिसन पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि ट्रेड युनियन इटहरीका अध्यक्ष गोकुल थापा रहेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा मोड्युलर किचनका सञ्चालक लोकनाथ भण्डारी, अनुश्री सप्लायर्सका सञ्चालक सन्तोष ढकाल, श्री कन्सल्टेन्सीका इन्जिनियर प्रशान्त पोख्रेल, मनोकामना डेन्टल क्लिनिकका डा. सुजन गौतमलगायत रहेका थिए ।