इलामः इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
इन्डो–नेपाल फुटसलअन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, दोश्रो सेमीफाइनलमा आहाले भेट्रान्स र पाहुना टोली दार्जिलिङ भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको आजको पहिलो खेलमा इलाम भेट्रान्सले पाहुना टोली सुकिया भेट्रान्सलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको निर्धारित समयमा दुवै टोलीबाट ९–९ गोल भएपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो । इलामका लागि दर्शन भक्तराजले ४ गोल गरे । सुरेन राईले २ गोल, राजु थापा, प्रकाश थाम्सुहाङ र दिपक राईले १÷१ गोल गरे । सुकियाको लागि डेचेन शेर्पाले ५ गोल गरे । नयन लेप्चाले २ गोल तथा सन्जय भुटिया र तेन्जिङ भुटियाले १÷१ गोल गरे । त्यसैगरी, दोश्रो खेलमा आहाले भेट्रान्सले पेम्वा सेभेनलाई ३–२ गोल अन्तरले हरायो ।
आहालेको जितमा खड्ग घलेले २ गोल र दिलकुमार कुलुङले १÷१ गोल गरे । पेम्बा सेभेनको लागि पुष्प याङ्मालीले २ गोल फर्काए । तेश्रो खेलमा सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ इलाभेनलाई १४–४ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गर्न सफल रह्यो । सूर्योदयको जितमा नगर प्रमुख रणबहादुर राईले ६ गोल गरे । सम्राट राईले ४ गोल, शरण राई २ गोल तथा किशोर राई र सन्जय गोलेले समान १÷१ गोल गरे । रोङका लागि योगराज राईले ३ र दौलत राईले १ गोल फर्काए । अन्तिम खेलमा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सलाई ३–२ गोल अन्तरले पराजित ग¥यो । दार्जिलिङको जीतमा सुवास सुब्बा, राजु तामाङ र दावा तामाङले समान १÷१ गोल गरे । युनाइटेडका लागि विके याङ्मालीले २ गोल फर्काए ।
कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका २ टिमसहित ८ टिमको सहभागिता रहेको थियो । कान्दुक रिक्रिएन सेन्टरको फुटसल मैदानमा हुने प्रतियोगिताका विजेताले ३५ हजार ५ र उपविजेताले १६ हजार ५ रुपैंयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलका दुवै खेल शुक्रबार हुनेछ ।