इटहरीः पुर्वकै पहिलो डिपार्टमेन्ट स्टोर गोरर्खा डिर्पाटमेन्ट र तिरुपति अटो सिटीको संयुक्त आयोजना गोरखा डिपार्टमेन्ट स्टोरका ग्राहकको लक्की ड्र सार्वजनिक गरिएको छ ।
दुई हजारभन्दा बढीको सामान किन्ने ग्राहकहरुलाई उपलव्ध गराइने कुपनबाट वार्षिक रुपमा लक्कि ड्र गर्दै पुरस्कार वितरण गर्ने गरिएको हो । यस पटकको लक्कि ड्रअन्र्तगत मोरङको विराटनगरका विवेक शर्मा प्रथम भए भने दोस्रो रविना कोइराला र तेस्रो अनिलकुमार मिश्रले पुरस्कार हात पारे । पहिलो पुरस्कार यामाहाको रे जेट, दोस्रो राइस कुकुर र तेस्रो आइन रहेको थियो ।
त्यसैगरी, सान्त्वना पुरस्कार तीन जनालाई यामाहा ब्याग वितरण गरिएको तिरुपति अटो सीटीका प्रबन्धनिर्देशक संयोग पराजुलीले जानकारी दिए । गोरखा डिर्पाटमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्यमा लक्की ड्र सार्वजनिक गरिएको हो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शंकर खत्रीले गरेका थिए ।