इटहरीः मःमःका पारखीहरुलाई स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा माया फ्रोजन फुडले ९० दिनसम्म खाना सकिनेगरी तयार पारेको विभिन्न प्रकारका मःमः बजारमा ल्याएको छ ।

पछिल्लो समयमा धेरै मानिसहरुले खाजाका रुपमा रुचाउने मःमः सहज रुपमा उपलव्ध गराउदै १८ डिग्रीमा राखेर ९० दिनसम्म उपभोग गर्न सकिने मःमः प्याकेट माया फ्रोजनले विक्री वितरण सुरु गरेको हो । माया फ्रोजनले फ्रोजन भेज, चिकेन र बफ मःमःको उत्पादन गरेको तथा इटहरीका विभिन्न सपिगं स्टोरहरुबाट समेत बिक्री हुने प्रबन्ध मिलाएको सञ्चालक पृथ्वी पराजुलीले जानकारी दिए । उनले मेसिनको प्रयोग नगरी बनाइएको मःमःको प्याकेट बिक्रीवितरण गरिँदै आएको बताए ।

IMG_5913

एउटा प्याकेटमा २४ पिस मःमः रहने जनाइयो । इटहरी क्षेत्रमा फ्रोजन मःमःले बिक्री सुरु गरिसकेको जानकारी दिँदै माया मःमःका मेनेजर नविन कार्कीले फ्रोजन मःमःका विषयमा बताए । कार्यक्रममा माया फ्रोजन मःमः निकट भविष्यमा इटहरीबाहेक विराटनगर, धरान ,पथरी र इनरुवा लगायतका पूर्वका शहरहरुमा उपलव्ध गराइनेसमेत सो अवसरमा जनाइयो । कार्यक्रममा माया फ्रोजन फुडका सहायक मेनेजर पर्शुराम बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

IMG_5892