इटहरीः नेपालीहरूको महान चाड बडादसैँ २०७८ को पुनित अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना दिएका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले दसँै पर्वले अन्याय र अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताएका छन् । उनले कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौति पनि थपिएको भन्दैं महामारीबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न पनि सबैमा आग्रह गरेका छन् ।

‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्वन गरेर मात्र चाड पर्व मनाउन सबैलाई अनुरोध गर्दछु ।’–जारी सन्देशमा भनिएको छ । महान पर्व दसैँले भिन्नभिन्न जातजाति, भाषा, धर्म एवम् साँस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आफसी भातृत्व कायम गर्न सकोस् भन्ने कामनासमेत उनले गरेका छन् ।

dashain 2078