इटहरीः इटहरी उपमहानगरपालिकामा बजार अनुगमन तिव्र बनाइएको छ ।

इटहरी बजारको बसपार्क छिर्ने लाइनका मासु पसलको अनुगमन गर्दा कुनै पसलमा पनि मूल्य सूची नभएको पाइएको छ । उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा बजार अनुगमन गरिएको हो । उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमन गरिएको हो । सात वटा मासु पसल अनुगमनका क्रममा एउटा पसलबाट तीन केजी पुरानो बोसो जफल गरी नष्ट गरिएको छ ।

244538773_1356921434732357_2000543425757249527_n

 

दुई वटा पसलले व्यवसाय नवीकरण नगरेको भेटिएको छ । यसअघि अनुगमन गरिएका मासु पसलहरुमा सुधार भएको पाइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोव किशोर भटटराईले जानकारी दिए । अनुगमनका क्रममा मासु पसलले पालना गर्नुपर्ने मापदण्डका बारेमा जानकारी गराइएको र अर्को पटक अनुगमन गर्दा मापदण्ड पालना नगरेको पाइए कानूनबमोजिम कारबाहीको दायरामा ल्याउने शाखा प्रमुख भट्टराईले जानकारी दिए ।

244634473_4933559776656939_3224570315806367036_n