इटहरीः धनकुटा पाख्रिबास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ वर्षीय धनबहादुर पाठक रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । हिजो बिहान ११ः०० बजे भोजपुरबाट धरानतर्फ आउँदै गरेको गुडिरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भीर घाइते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा हिजो दिउँसो साढे ११ बजे मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण गाउँपालिका ७ का ३५ वर्षीय दुर्गाबहादुर श्रेष्ठ इलाका प्रहरी कार्यालय पाख्रिबासको नियन्त्रणमा बताउँदै घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।