इटहरीः मोरङको बुढीगङ्गा गाउँपालिकामा आज बिहान एक पुरुषको शव फोला परेको छ ।
मृत फेला पर्नेमा बुढीगङ्गा गाउँपालिका–५ का ३५ वर्षीय चन्देश्वर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घरनजिकैको सडकको छेउमा रहेको नालीमा पानीमा डुबेको अवस्थामा शर्माको शव भेटिएको हो । शव फेला परेपछि स्थानीयले तत्कालै दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको एसपी राईले जानकारी दिए ।
शर्माको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण थाहा पाउन सकिने एसपी राईले उल्लेख गरे । मृतकको शरीरमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।