इटहरीः बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि बलिवुड अभिनेता अनुपम खेर सहितको टोली नेपाल आइपुगेको छ ।
चार्टर्ड प्लेनमार्फत् आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको सो टोलीमा अभिनेता खेरका साथमा बोमन इरानी, परिणिति चोपडा र सारिका हसनसमेत संलग्न छन् । चलचित्रको सुटिङका सिलसिलामा बलिवुड सुपरस्टार अमिताभ बच्चन र नेपाली मुलका भारतीय अभिनेता डेनी डेनजोङपोङ पनि नेपाल आउने तय भएकोमा उनीहरु भने आउन नसकेको चलचित्रको नेपाल व्यवस्थापनको जिम्मा पाएको थ्री ह्विलर्स कम्पनीले जनाएको छ ।
नेपाल भ्रमणमा रहेका अभिनेता खेरले पशुपतिनाथ भ्रमणको भिडियो क्लिपसमेत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । मनाङ, मुस्ताङ, लुक्ला, लाङटाङलगायतका ठाउँमा छायांकन गर्न लागिएको चलचित्र ‘उचाइ’ सुरज बडजात्याको निर्देशनमा निर्माण हुन लागेको छ ।