इटहरीः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान श्री एयरलाइन्सको विमान चिप्लिएको छ ।
विमानस्थलबाट नेपालगञ्ज जानका लागि पार्किङबाट यात्रुसहित धावनमार्गतर्फ लागेको विमान चिप्लएर घाँसे मैदानमा पुगेको विमानस्थल प्रशासनले जनाएको छ । ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन ।’ जहाज चिप्लिएर घाँसे मैदानमा पुगेपछि विमानको परीक्षण जारी रहेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार जहाजभित्रका सबै यात्रु सकुशल रहेका छन् । धावनमार्गमा जहाज नपुगेकाले अन्य उडान भने सुचारु रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।