इटहरीः खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङकी ६० वर्षीया कमला राईको लडेर मृत्यु भएको छ ।

गएराति ८ः०० बजे आफ्नै घरको बरन्डाबाट लडी गम्भीर घाइते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राति साढे ९ः०० बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।