इटहरीः मोरङको उर्लाबारी नगरपालिका ५, स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधिसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ वर्षीय कृष्ण उराउ, पथरीशनिश्चरे नगरपालिका ३ का २२ वर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिवकुमार कार्की रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ५ः०० बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधि ट्रामाडोल– ४१७ क्याप्सुल र र स्पास्पेन–४१७ क्याप्सुलसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।