इटहरीः झापाको कन्काई नगरपालिका ४ त्रिवेणी टोलस्थित दुर्गा नेपालको २ तले निर्माणाधीन घरमा प्लम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ वर्षीय रुद्र अधिकारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान साढे ११ बजे काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भीर घाइते भएका अधिकारीको उपचारको लागि बीएन्डसी अस्पताल बिर्तामोडमा पु¥याउनासाथ मृत्यु भएको थियो । 

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।