इटहरीः ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोगमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) अरुणकुमार बि.सी.को प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ६० जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।