इटहरीः पूर्वका चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनिक भएको छ ।
‘टिकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनिक गरिसकेका छन् । श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को स्वर र संगीतमा रहेको उक्त गीतमा जोनी योञ्जनको एरेन्ज रहेको छ ।
सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोके दाह्रीका साथै दिनेश कोइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगीता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । भिडियोमा हेमन्त तामाङको सम्पादन रहेको छ । उनका ‘ए बा किन्देउ न भट्भटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नुजस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।