इटहरीः सूचना प्रविधिको विकास र विस्तारसँगै मोबाइलको प्रयोग व्यापक भएको देखेर सुनसरीका दुई युवा व्यवसायीहरुले यसकै पसल सञ्चालनमा ल्याएका छन् । जिल्लाको धरान उपमहानगरपालिका र महेन्द्रनगर नगरपालिका घर भएका दुई युवाहरुको साझा लगानीमा धरान ९ स्थित गौतमपथमा ग्याजेट गार्डेन सञ्चालनमा आएको हो । दुवै युवाहरुले स्रोत र सोचको साझेदारी गर्दै ३० लाख रुपैयाँको लागतमा सुरु गरेको व्यवसायलाई थप विस्तार गर्दै जाने योजना बनाएका छन् । बिहीबारबाट सञ्चालनमा ल्याइएको सो मोबाइल पसलमा बजारमा चलेका ‘लेटेस्ट’ मोबाइलहरु बिक्रीका लागि राखेका छन् ।
सञ्चालकमध्ये प्रदीप निरौलाले अहिले यो पसलमा बजारमा चलेका ‘लेटेस्ट’ मोबाइल एमआई, रेड्मी, पोपो, ओपो, भिगो, सामसुङ÷सामसुङ ग्यालेक्सी, इनफिनिक्स,लगायत राखिएको बताए । उनले भने–‘हामीले मोबाइल पसलबाट भविष्य देखेर नै ग्याजेट गार्डेन सञ्चालनमा ल्याएका हौँ, भविष्यमा हामी यसलाई विस्तार गर्दै जाने सोचमा छौैँ ।’ उनले बजारको माग अनुसार पसलमा आएका कुनै पनि ग्राहकहरु मोबाइल नपाएर ग्राहक नफर्किउन् भन्ने पहिलो उद्देश्य भएको बताए । उनले भने–‘प्रतिस्पर्धात्मक बजारमा हामीले सहुलियत दरमा ग्राहकलाई मोबाइल दिने तथा चाँडै दक्ष प्राविधिकबाट मोबाइल मर्मत गर्ने लक्ष्यसमेत लिएका छौँ ।’