इटहरीः सुनसरीको इटहरीमा एक साताअघि अर्थात् गत असोज ६ गतेदेखि अभ्यासरत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको बिदाइ गरिएको छ ।
सुनसरी जिल्ला क्रिकेट संघले बुधबार एक कार्यक्रमको आयोजना गर्दै खेलाडी तथा प्रशिक्षकलाई ससम्मान बिदाइ गरेको हो । आसन्न विश्वकप क्रिकेटको एसिया छनौट खेलको तयारीस्वरुप अभ्यास गरिरहेको नेपाली टोलीले इटहरी दैनिक चार घण्ट अभ्यास गरेको थियो । अभ्यास खेल सुखद भएको टिम कप्तान रुविना क्षेत्रीले प्रतिक्रिया दिइन् । उनले एक हप्तासम्म भएको अभ्यास खेलमा संघले ठूलो सहयोग गरेको बताइन् । साथै उनले महिला टिमले एसिया छनौट खेल्ने सपना साकार पारेर छोड्ने विश्वाससमेत व्यक्त गरिन् ।
यस्तै, प्रशिक्षक जगत टमाटाले पनि अभ्यास राम्रो भएकाले एसिया छनौटमा सफल भई विश्वकप खेल्न सबल रहेको प्रतिक्रिया दिएका छन् । यसैगरी मनमोहन मेमोरियल क्रिकेट सेन्टरद्वारा सञ्चालित एमएम कप फाउन्डेसनले महिला खेलाडीहरुलाई क्रिकेट ब्याट वितरण गरको छ ।