इटहरीः शिक्षा आर्जनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई आवश्यक शैक्षिक परामर्श तथा सहजीकरण सेवा प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा काठमाडौँ इन्फोसिस एजुकेसन कन्सल्टेन्सी (केआईईसी) को शाखा कार्यालय सञ्चालनमा आएको छ ।

केआईईसीले २०६३ सालदेखि अनवरत रुपमा बेलायत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, पोल्याण्डजस्ता विश्वका विकसित तथा ख्यातिप्राप्त शैक्षिक गन्तव्यहरुमा नेपाली विद्यार्थीहरु पठाई उनीहरुलाई विश्वस्तरीय ज्ञान तथा सीप आर्जन गर्न सक्ने वातावरण उपलब्ध गराइरहेको शाखाका प्रबन्धक उमेश भण्डारीले जानकारी दिए । उनका अनुसार विश्व बजारमा नेपाली युवाहरुलाई पुर्याई त्यहाँ प्राप्त हुने स्तरीय सीप र ज्ञानबाट उनीहरुलाई दिक्षित गरी देशको विकासमा उनीहरुको क्षमताको उपयोग हुने वातावरण निर्माण गर्नु संस्थाको दीर्घकालीन लक्ष्य हो । वैदेशिक अध्ययनका लागि जाने मात्र नभई नेपालमै अध्ययन गरिरहेका तथा विभिन्न भाषाको प्रशिक्षण लिन चाहने तथा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुका लागि पनि केआईईसी ज्ञान अभिवृद्धिको उत्कृष्ट गन्तव्यका रुपमा प्रस्तुत हुने शाखा प्रबन्धक भण्डारीको भनाइ छ । टोफेल, आयल्ट्स, स्याट, जीआरई, जीम्याटजस्ता अन्तर्राष्ट्रिय भाषाको सीप प्रतिस्पर्धामा अब्बल स्थान पाउने गरी विज्ञ शिक्षकबाट अध्यापन गराउने प्रबन्ध केआईईसीले मिलाउने भण्डारीले उल्लेख गरे ।

केआईईसीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र रिजालले आफूहरुले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी र विदेशी विश्वविद्यालयका बीचमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताए । नेपालबाट विद्यार्थी विदेश पठाउने मात्र नभई विदेशी विद्यार्थीलाई नेपालमा शिक्षा आर्जनका लागि ल्याउने कामसमेत आफूहरुले गरिरहेको बताउँदै उनले शिक्षाको माध्यमबाट सँस्कृतिप्रति जागरुक जनशक्ति उत्पादन भई देशको भविष्य उज्वल हुने विश्वास व्यक्त गरे । वैदेशिक शिक्षाको अवसर काठमाडौँ केन्द्रीत भइरहेको अवस्थामा आफूहरुले संघीयताको मर्मलाई आत्मसात गर्दै देशका विभिन्न १० स्थानमा शाखा विस्तार गरेर अवसरको विकेन्द्रीकरण गर्ने अभ्यास गरेको उनको भनाइ थियो । शिक्षा व्यवसाय मात्र नभएर सेवाको क्षेत्रसमेत रहेको बताउँदै उनले केआईईसी इटहरी शाखाले आफ्नै कार्यालयमा निःशुल्क पुस्तकालसमेत सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिए । यसबाट पठन सँस्कृतिको विकास भई समाजमा ज्ञान अभिवृद्धि हुने उनले उल्लेख गरे ।