इटहरीः बिरयानीका पारखीहरुका लागि इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा खुलेको छ, होटल लोटस ।

युवा पुस्ता स्वादको पारखी छ । फेरि यो क्षेत्रमा बिरयानी मात्र ख्वाउने त्यति धेरै रेस्टुरेन्ट पनि त छैनन् । त्यसैले पनि आफूले बिरयानीको बजारलाई बढाउनको लागि होटल लोटसलाई इटहरीमा ल्याएको यसका सञ्चालक अजहर आलम बताउँछन् । हलाल गरिएको कुखुराको मासु र खसीको मासुबाट लोटसले बिरयानी बनाउने रहेछ ।“ हामी सबै ग्राहकलाई मध्यनजर गर्दै हलाल मासुको प्रयोग गरेर चिकन र मटन बिरयानी बनाउँछौँ ” । सञ्चालक अजहर भन्छन् । त्यसो त अजहरले भोक्राहा नर्सिङ्ग गाउँपालिकाको आडैमा होटल लोटसकै नामबाट अर्को होटल पनि सञ्चालनमा ल्याएका रहेछन् । त्यहाँ होटलका साथै एयर कण्डिसन सहितको सेमिनार हल पनि रहेछ होटल लोटसको ।

243125433_2631549400324885_4503887300766003948_n

धेरैजसो मुस्लिम समुदायका युवा होटल क्षेत्रमा प्रवेश गरेको देखिँदैन तर अजहरलाई भने केही नयाँ गरौँ भन्ने सोचका साथ होटल क्षेत्रमा हात हाल्न मन लागेको रहेछ । अजहरले लोटस ब्राण्डलाई ४ वर्ष पहिलेदेखि नै भोक्राहामा स्थापित गराइसकेका छन् । अब त्यही अनुभवलाई आधार बनाई इटहरी उपमहानगरका बासिन्दालाई नयाँ स्वाद चखाउने उनको योजना रहेछ । समुदायको पछिल्लो चाहना बिरयानी भएकाले यो क्षेत्रमा बिरयानीको स्वाद चखाउनु आफ्नो चाहना भएको यी युवा सञ्चालकले हामीलाई बताए । इटहरीको लविपुरमा गत भदौ महिनाको १९ गते खुलेको भाटभटेनी सुपरमार्केटको अघिल्लो भागमा खोलिएको होटल लोटस चाउमिन, मःमः, अण्डा रोल, चिकन र मटन बिरयानीका लागि स्पेसल रहेको यी सञ्चालक बताउँछन् ।

अहिले होटल लोटसमा ४ जना मात्र स्टाफ रहेका छन् । भाटभटेनीमा आउने ग्राहकलाई मुख्य रुपमा टार्गेट गरेर आफूले लोटसलाई इटहरी उपमहानगरमा भित्राएको अजहरको भनाइ छ । सानो लगानीबाट पनि व्यवसाय सम्भव छ भन्ने सन्देश दिने अजहरले भर्खरै खुलेको लोटसमा ३ लाखको लगानी गरेका छन् । समय र मागलाई मध्यनजर गर्दै अगाडि बढ्ने अजहरको योजना रहेछ ।