इटहरीः मोरङको रतुवामाई नगरपालिका–८ मा गएराति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकलमा पछाडि सवार रतुवामाई–८ दाम्राभिट्टाका २८ वर्षीय यादव पाठक रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार राति करिब ८ः०० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ४४८७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका पाठकलाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनमा परी मोटरसाइलक चालक रतुवामाई–८ का २७ वर्षीय विवेक पोखरेलसमेत गम्भीर घाइते भई सोही अस्पतालमा उपचाररत रहेका छन् । दुर्घटना गराउने ट्याक्टर र त्यसका चालक रतुवामाई–२ का ३२ वर्षीय गणेश पासवानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । दुवै सवारीसाधन तिव्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।