इटहरीः ५७ औँ बाल दिवस २०७८ को अवसरमा सुनसरीको इटहरीबाट सञ्चालित विराट टेलिभिजनले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम, दृत्तीय र तृत्तीय हुनेलाई पुरस्कार वितरण गरिएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले पुरस्कार वितरण गरेको हो । इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख (उपमेयर) लक्ष्मी गौतमले पुरस्कार वितरण गरेकी थिइन् । एक दर्जनभन्दा बढी सहभागी प्रतियोगितामा इटहरीकी दिव्या न्यौपाने प्रथम, रामधुनीकी कञ्चन खतिवडा दृत्तीय र इटहरीकी शिल्पीका भट्टराई तृत्तीय भएका थिए । उनीहरुलाई क्रमश. दश हजार, छ हजार र तीन हजार नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो । प्रदेश १ का १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाले सो प्रतियोगितामा सहभागिता जनाएका थिए ।
‘विपद् र बालअधिकार’ शिर्षकमा बालबालिकाले ५ मिनेटको भिडियो पठाएका थिए । त्यसैको आधारमा टेलिभिजनले उत्कृष्ट तीन छनौट गरेको हो । कार्यक्रम सफल पार्न सामाजिक विकास मन्त्रालय प्रदेश नं. १, भ्वाइस अफ चिल्ड्रेन इटहरी, इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकाले सहयोग गरेको टेलिभिजनले जानकारी दिएको छ ।