इटहरीः इटहरी उपमहानगरपालिकामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फोटो नगर–प्रमुख (मेयर) द्वारिकलाल चौधरीको कुर्सीमुनि फलिएको पाइएको छ ।
आफू प्रधानमन्त्री भएताका ओलीले सबै स्थानीय तहमा फोटो राख्न निर्देशन गरेका थिए । गत असार २८ गते अदालतको परमादेशबाट उनी पदच्युत भएपछि सबै स्थानीय तहबाट उनको फोटो पनि विस्थापित भएका छन् । अहिले मेयर चौधरीको कार्यकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो राखिएको छ । तर, ओलीको फोटो भने मेयर चौधरीको कुर्सीमुनि फालिएको पाइएको हो ।