इटहरीः नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला कार्यसमिति सदस्य पत्रकार संगम बिष्ट नेपाली कांग्रेस बराहक्षेत्र नगर कार्यसमिति सदस्यमा चयन भएका छन् ।
नगर सहसचिवमा उम्मेदवारी दिएका बिष्ट अन्तिम समयमा आएर पछि हटेका थिए । नगर सदस्यमा भने निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक गोकुल गुरागाईंले जानकारी दिए । नेपाल प्रेस युनियन बराहक्षेत्रका सभापतिसमेत रहेका उनी विगत केही वर्षयता बराहक्षेत्रलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् ।
प्रत्यक्ष तर्फबाट समान रूपमा प्रत्येक वडामा १ महिलासहित ३ जना गरेर ३३ जना र समानुपातिक रूपमा २२ जना नगर सदस्यहरू निर्वाचित भएका छन् । जसमा पत्रकार बिष्ट युवा सदस्यका रुपमा रहनेछन् ।