इटहरीः एक महिनाअघि शेयर बाँडफाँट गरेको मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ ।

सर्वसाधारणलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरेको एक महिनापछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो । मानुषीको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्यूनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

त्यस अनुसार भोलि सोमबारबाट मानुषीको शेयर कारोबार नेप्सेमा हुनेछ । नेप्सेले लघुवित्तको कारोबार सङ्केत एमएलबीएस प्रदान गरेको छ । त्यस कारोबार सङ्केतमा लघुवित्तको शेयर किनेबेच हुनेछ ।