इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ९ को सामुदायिक वनमा रुखको हाँगाले लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएका ६३ वर्षीय डिल्ली दर्जी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय जनचेतना सामुदायिक वनमा सिरिसको रुखमा चढेर हाँगा काट्ने क्रममा हाँगाले लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।