धरानः आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैंकबीच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकले आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा अध्ययन गर्दा वा सेवा लिँदा विषेश छुट पाउनेछन् । महालक्ष्मी विकास बैंक धरानका प्रमुख प्रबल श्रेष्ठ र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशक सीता मिश्रले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अब महालक्ष्मी विकास बैकमा खाता भएका वा अन्य सेवा लिएका ग्राहकले आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा ब्युटिसियनका हरेक कोर्ष सिक्दा २५ प्रतिशत छुट पाउने छन् । यसका लागि महालक्ष्मी विकास बंैकले आफ्ना ग्राहकको सिफारिस गर्नेछ । महालक्ष्मी विकास बैंक धरानका प्रमुख प्रबल श्रेष्ठले भनिन्, ‘महालक्ष्मी विकास बैंकसँग कुनैपनि हिसाबले आबद्ध ग्राहक तथा सेवाग्राहीलाई ब्युटिसियन कोर्ष गर्न चाहेमा हामी सहज ढङ्गले सिफारिस गर्नेछौँ । हाम्रो उद्देश्य अबको युवा पुस्ताको हातमा सीप होस् भन्ने हो । त्यसै कारण हामीले यो सम्झौता गरेका छौँ ।’

20210924_120332

कोर्ष का साथै ब्युटिसियनको सेवा लिदा महालक्ष्मी विकास बैकका ग्राहक,कर्मचारी तथा क्युआर कोर्ड होल्डरले २० प्रतिसत छुट पाउने छन् । ब्युटिसियन कोर्ष तथा सेवा सम्बन्धि निःशुल्क काउन्सेलिङपनि प्राप्त हुने सम्झौतामा उल्लेख छ । यो सम्झौता एक बर्षका लागि भएको बैक धरान शाखाका प्रमुख प्रबल श्रेष्ठले जानकारी दिए । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी की कार्यकारी निर्देशक सिता मिश्रले आर्यामा ब्युटिसियन,मेकअप,नेटआर्ट तथा स्कीन केयर सम्बन्धि कोर्ष हुने गरेका छन् । आर्याले क्लिनिकल सेवा तर्फ ब्युटि पार्लरमा पाउने सम्पुर्ण सेवाका साथै छालामा आउने दाग,पोता,चाया जस्ता समस्यको उपचार सेवा प्रदान गर्दै आएको मिश्रले जानकारी दिइन । धरान–१० स्थित पुतली लाईनमा रहेको आर्या ब्युटि आर्ट एण्ड एकेडेमी पुर्वी नेपालको ब्युटिसियन कोर्ष तथा सेवाको गुणस्तरिय सेवा दिने क्लिनिकल एकेडेमी हो ।