इटहरीः नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तिव्र पारेको छ ।

मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तिव्र बनाएको हो । अभियानअन्तर्गत मोरङको रंगेलीमा सम्पन्न भेलाले नगरपालिकाको ९ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।  राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज १ नं. प्रदेश इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यमा रंगेली–७ बसपार्कस्थित पार्टी कार्यालयमा सम्पन्न मुक्ति समाजको नगरस्तरीय भेलाले ललितबहादुर सार्कीको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो । भेलाले उपाध्यक्षमा आनन्दी ऋषिदेव, सचिवमा गुलाबचन्द सरदार, सह–सचिवमा प्रमोद सरदार र कोषाध्यक्षमा विनोद सरदारलाई चयन गरेको छ । त्यस्तै, उक्त भेलाले सदस्यहरुमा किशोर (किशन) विश्वकर्मा, प्रकाश कार्की ढोली, चिनिया ऋषिदेव, राम परियार, केदार दमाई, भोला सरदार, जोगानन्द ऋषिदेव, लक्ष्मी वि.क, महानन्द ऋषिदेव, मुकुन्द सरदार, उमेश पासवान, तारादेवी सरदार, सुगेश्वर ऋषिदेव, प्रमिला सरदार, भूने सराइली, अमरलाल ऋषिदेव, पुरण सरदार, ताराचन्द सरदार, राजकुमारी ऋषिदेव, मञ्जु सरदार, सरोज सरदार, जितबहादुर वि.क., सुरेन ऋषिदेव, रञ्जित मोची र सन्ध्या सरदारलाई चयन गरेको छ ।

त्यस्तै, अन्य सदस्यहरुमा सीता वि.क., जलेश्वर सरदार, चानुदेवी सरदार, घुरन सरदार, सुनिल सरदार, विनोद हरिजन, सुहागीदेवी सरदार, मनोज मल्लिक, उर्मिलादेवी सरदार, शुशील वि.क., महेन्द्र सरदार, गणेश ऋषिदेव, अधिकचन्द सरदार, सविन वि.क, हेमराज परियार, रामावतिदेवी सरदार, सीताराम सरदार, विजय सरदार र सलबहादुर नेपालीलगायत रहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए । भेलाले छनौट गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदारले गरेका थिए । नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का अध्यक्ष सोम पोर्तेलले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीले दलित समुदायका मुद्दा एमालेले मात्र सम्बोधन गर्ने बताए । नेता नेपालीले दलित समुदायलाई राजनीतिक रुपमा सवैभन्दा पहिले एमालेले संगठित गरेर हक अधिकारका लागि लड्न सक्ने बनाएको बताए । उनले सिंगो दलित समुदायको अधिकारका लागि मुक्ति समाजले अगुवाइ गर्दै आएकाले सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का अध्यक्ष सोमनाथ पोर्तेलले ऐन कानूनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदायमाथि अहिले पनि जातीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए । 

कार्यक्रममा नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदार, नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा रंगेली इन्चार्ज मनोज अग्रवाल, मुक्ति समाजका केन्द्रीय सदस्य दीपेन्द्र पासवान, नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्य डिल्ली घिमिरे, डिल्ली दाहाल, सन्तोष साह, प्रदीप साह, इर्जालाल राजवंशी, भूमा पराजुली, नेकपा (एमाले) रंगेली नगर कमिटी अध्यक्ष दलबहादुर बस्नेत लगायतले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिए ।