इटहरीः इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान सम्मर तिवारी भाद्र महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषित भएका छन् ।

मोरङको विराटनगर महानगरपालिकास्थित वडा प्रहरी कार्यालय (क) मा दरबन्दी भई इप्रका इटहरीमा कार्यरत प्रहरी जवान तिवारीलाई विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गरेबापत भाद्र महिनाको उत्कृष्ट प्रहरी घोािषत गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादन तथा आचरणको मूल्याङ्कन गरी हरेक महिना १ जनालाई उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषित गर्दै आएको छ । उत्कृष्ट घोषित हुने प्रहरी कर्मचारीको फोटो १ महिनासम्म मातहतका प्रहरी कार्यालयहरुमा राख्ने प्रचलन छ ।