इटहरीः झापाको मेचिनगर नगरपालिका ४, राइसिङबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका १८ वर्षीय दिलबहादुर मगर रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ परेका मगरको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद भएको छ । अभियुक्त मगरलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।