इटहरीः क्यारितास नेपालले इटहरी अस्पताललाई पाँच लाख ८२ हजार बराबरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका बीच क्यारितास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य समाग्री प्रदान गरे । क्यारितासले १० थान सेमि फोल्टिड वेड र म्याटे«स,१० पिस ब्ल्याङ्गकेट, २ सय थान एन नाइन्टिन माक्स, सय प्याकेट सर्जिकल माक्स, सय थान पिपिइ सेट, ७८ वोत्तल सेनिटाइजर, २० प्याकेट सर्जिकल ग्लोब्स, १ सय ५० वटा एन्टिजेन टेष्टिङ्ग किट, २० वटा पल्स अक्सिमिटर, पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो ।
उपप्रमुख लक्ष्मी गौतमले क्यारितासको सहयोगबाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने बताउँदै धन्यवाद ज्ञापन गरिन् । इटहरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. योगेश चेम्जोडले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य समग्रीले निक्कै सहयोग पुग्ने बताए । क्यारितास नेपालका देवेन्द्र पोखरेलले क्यारितास विपत्का बेलामा स्थानीय सरकारसँगै रहेको बताए । उनले कोभिडसँग जुध्न ११ जिल्लामा १० करोड बराबरको स्वास्थ्य समग्री सहयोग गरेको जानकारी दिए ।