इटहरीः झापाको अर्जुनधारा नगरपालिका २ घर्लेनी टोलस्थित भित्री सडक खण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बोदेबर्साइन ५ का ३५ वर्षीय जोगेन्द्रप्रसाद साह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो साँझ ५ः४५ बजे सुखानीबाट टाइटिङ खोलातर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेनको पछाडिको भागमा चढी बसेका मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसुवागढी कन्सट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडिको बाँया तर्फको चक्काले किच्दा घटनास्थला नै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।
उनका अनुसार क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ वर्षीय मुकेश चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।