इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका १ मा गएराति एक महिलाको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ५६ वर्षीया गुनमाया राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आइतबारेबाट घरतर्फ फर्कने क्रममा राति करिब ९ः०० बजे बाटोमा चिप्लिएर लडेकी गुनमायाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि अस्पतालमा पठाएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।