इटहरीः रामधुनीको नगर प्याब्सनले शनिबारबाट नयाँ कार्यसमिति पाएको छ ।
निजी विद्यालयहरुको छाता संगठनको रुपमा रहेको प्याब्सनको रामधुनी नगरस्तरीय समितिको अध्यक्षमा रामधुनीका अच्युत ढकाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा सरोज माझी चयन भएका छन् । कार्यसमितिको अध्यक्ष र उपाध्यक्षको लागि निर्वाचन भएको थियो भने बाँकी पदमा सर्वसम्मत चयन भएको थियो । नवगठित रामधुनी प्याब्सनको सचिवमा भने हरि रायमाझी चयन भएका छन् । उता, कोषाध्यक्षमा रामचन्द्र चौधरी चयन भएका छन् ।
सदस्यहरुमा बालकृष्ण पाण्डे , सन्तोष श्रेष्ठ, होमराज पौडेल र प्रेम बस्नेत चयन भएको नवनिर्वाचित समितिका सचिव हरि रायमाझीले बताए । नगर प्याब्सनको लेखासमिति संयोजकमा चुडामणि घिमिरे चयन भएका छन् । नवगठित समितिको सपथग्रहण कार्यक्रम आगामी शुक्रबार रहेको बताइएको छ ।