काठमाडौँः प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मस्र्याङ्दी नदीले बगाएको मनाङ जिल्लाको भानु माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ ।

परिषद्ले नियमित पठनपाठन सुचारू होस् भन्ने उद्देश्यले टेन्ट, त्रिपाल, म्याट, औषधि लगायतका सामाग्री शनिबार हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच बेँसीशहर लमजुङमा भानु मध्यमिक विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सामग्री हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ । गत असारमा आएको बाढीका कारण मनाङ जिल्लामा करोडौंको क्षति भएको थियोे ।

त्यसमा भानु माध्यमिक विद्यालय पनि परेको थियो । बाढीले विद्यालयमा क्षति पु¥याएपछि नियमित पठनपाठन रोकिएको थियो । उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद् नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको थियो ।